अर्जुनधारा । बिर्तामोड एफसी झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चिरपरिचित प्रतिद्वन्दी ब्रदर एफसी चन्द्रगढीलाई ३–२ गोलअन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । चन्द्रगढीले १–० गोलको अग्रता कायम गरेका अवस्थामा बिर्तामोडले उत्कृष्ट पुनरागमन गर्दै जितमा परिणत गरेको हो । खेलको ७ मिनेटमै चन्द्रगढीका देवराज दंगालले गोल गरेर…