मैले रुख काट्न लगाएको होइन, म त भैंसी चराउदै त्यहाँ पुगेको थिए : सांसद् बिर्ख प्रधान

बिर्तामोड । प्रदेश १ का सांसद् बिर्ख बहादुर प्रधानले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । इजलाससित कुरा गर्दै सांसद् प्रधानले सुखानीमा रहेको शहीद वाटिका भित्रको रुख कटानमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् । उनले भने, मैले सुखानीलाई यहाँसम्म हुर्काए, आफैले हुर्काएको पार्कभित्रको रुख काट्न लगाउने कुरा म बाट असंभव छ…