अर्जुनधाराकी संगीता चार दिनदेखि बेपत्ता

बिर्तामोड । झापा अर्जुनधारा नगरपालिकाकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छन् । अर्जुनधारा नगरपालिका–३ की संगीता राउत गत सोमबारदेखि बेपत्ता भएकी हुन् । मानसिक सन्तुलन ठीन नभएकी संगीताले घरबाट मन्दिर जान्छु भन्दै हिँडेको श्रीमान् रमबहादुर राउतले बताए । ‘घरबाट हिँडेको थाहा पाएपछि हामी पनि पछिपछि खोज्दै गयौँ’, उनले भने, ‘तर, बिर्तामोड आइपुगेपछि कहाँ गइन्…