अर्जुनधारा धाममा कृत्रिम अङ्ग वितरण गरिने

भद्रपुर - पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्नुहुने भएको छ । मङ्सिर २ देखि ९ गतेसम्म हुने धार्मिक अनुष्ठानमा यसपटक बामन पुराण, रुद्राभिषेक महायज्ञ, सद्विजारोपण, कृत्रिम अङ्ग प्रत्यारोपण, आँखा शिविरलगायतका कार्यक्रम गरिने भएको छ । हरेक…