सुरुङ्गा जेसीजको अध्यक्षमा प्रविन तिम्सिना सर्वसम्मत

कनकाई । सुरुङ्गा जेसीज सन् २०२३ को अध्यक्षमा प्रविन तिम्सिना सर्वसम्मत रुपमा चयन भएका छन् । जेसीजको बिहीबार सम्पन्न १५औं साधारण सभाबाट यस क्षेत्रका सक्रिय युवा तिम्सिना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । तिम्सिनासँगै कार्यकारिणी उपाध्यक्षमा किशोर दाहाल र रिसबसिंह चाहार सर्वसम्मत भएका छन् । जेसीज अभियानमा लामो समयदेखी सक्रिय हुँदै आएका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष…