बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले सहभागितामुलक बजेट तर्जुमाका लागि सोमवार बाह्रदशी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । सहभागितामुलक बजेट तर्जुमाका लागि राष्ट्रिय युवा संघले झापाका स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र बुझाइरहेको छ । यसअघि शिवसताक्षी, गौरादह, गौरीगञ्ज, झापा गाउँपालिका, हल्दिवारी, अर्जुनधारा, बुद्धशान्ति गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाइएको राष्ट्रिय युवा संघका झापा जिल्ला इञ्चार्ज…