झापा । झापाको अदुवा खोला सिँचाइ आयोजनामा किर्ते हस्ताक्षर गरेर संस्थाका अध्यक्षसहित ३ जनाले १७ लाख ५४ हजार रुपैयाँ चलाएको आरोप लागेको छ । झापाको बाह्रदशी र हल्दिबारीको करिव ६७५ हेक्टरमा सिँचाइ गर्ने उक्त आयोजनाको खातामा रहेको लाखौ रुपैयाँ कार्यसमितिका अध्यक्ष बृखबहादुर थापा (दिनेश), सचिव प्रकाश पाठक र कोषाध्यक्ष लोकनाथ ओलीले मिलेमतोमा चलाएको उपभोक्ताहरुले आरोप…