विराटनगर । झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई आज विहान नियन्त्रणमा लिएको थियो । उनी तीन दिनदेखी प्रहरीको निगरानीमा थिए । प्रहरीका अनुसार बालिकाको बुबा छैनन् ।…