बिर्तामोड र अर्जुनधारालाई उपमहानगर बनाउन माग

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा मंगलवार नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईले पत्रकारहरुसँग उपमहानगर बनाउन आवश्यक रहेको प्रसंग सुनाइन् । मेयरको कार्यकक्षमा पुगेका पत्रकारहरुसँग कुराकानी गर्दै उपमहानगरको आवश्यकताबारे उनले छोटो कुराकानी गरेकी हुन् । जिल्लाको ठुलो बजार रहेको बिर्तामोड नगरपालिका र नजिकै रहेको अर्जुनधारा नगरपालिकालाई उपमहानगर बनाउन उपयुक्त हुने उनको धारणा थियो । बिर्तामोड र…