एसईई परीक्षामा ४ जीपीए ल्याउने बिर्तामोडका विद्यार्थीलाई नगदसहित सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ । नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई आइतवार दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । सम्मानित विद्यार्थीहरूमा वडा नं. २ स्थित मोहनमाया माध्यमिक विद्यालयका येलिना तिम्सिना, अनुपमा निरौला,…