विराटनगर । प्रदेश १ मा ११ हजार प्रहरी समायोजन हुने भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संघीय सरकारसँग ११ हजार प्रहरी समायोजन भएर आउने सैद्धान्तिक सहमति भएको बताएका हुन् । संघीय सरकारसँग सैद्धान्तिक सहमतिपछि प्रदेशमा प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक बनाउने गृहकार्य सुरु भएको उनले बताए…