आर्थिक

अन्तर्राष्ट्रिय बजारमा ०.८ प्रतिशतले घट्यो कच्चा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा ०.८ प्रतिशतले घट्यो कच्चा तेलको मूल्य


काठमाडौं, १० कात्तिक । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। डिसेम्बर डेलिभरीको ब्रेन्ट क्रुडको मूल्य ०.८ प्रतिशतले घटेर प्रतिब्यारेल ११५.८१ डलरमा झरेको छ।

वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य १।५ प्रतिशतले घटेर प्रतिब्यारेल १०१.७६ डलरमा पुगेको छ। द वाल स्ट्रिट जर्नलका अनुसार मध्यपूर्वको तनाव र तेल आपूर्तिको अवस्थालाई लिएर लगानीकर्ताले सतर्कता अपनाइरहेका छन्।

गत साता तीव्र वृद्धि भएको कच्चा तेलको मूल्यमा सोमबार सामान्य गिरावट आएको हो। गत साता ब्रेन्ट क्रुडको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल ११६.७२ डलर पुगेको थियो। यो करिब ६ महिनायताकै उच्च बन्द मूल्य थियो।

अमेरिका र इरानबीच तनाव कम हुने अपेक्षा गरिएसँगै कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको हो ।

शेयर गर्नुहोस :

0
Shares