मुख्य समाचार

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट


भद्रपुर (झापा), १० कात्तिकः झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका बरामद गरेको हो । बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरीपैठारी तथा अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा गस्ती, निगरानी र सवारीसाधन जाँचलाई तीव्रता दिइएको छ ।

शेयर गर्नुहोस :

0
Shares