बिर्तामोड । झापाको चारपानेमा भएको रहस्यमय हत्याको घटनाबारे अनुसन्धान गर्न विशेषज्ञ कुकुर ल्याइएको छ । प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय धरानबाट ल्याएको विशेषज्ञ कुकुरले एक चरण खोजी गरेको छ । खोजीको क्रममा कुकुरले घटनास्थलबाट पूर्वपश्चिम राजमार्गसम्म पहिल्याएको थियो । परालको आगोभित्र भेटिएको शव अहिलेसम्म कसको भन्ने खुल्न सकेको छैन । तर, प्रहरी र स्थानीयबासीले एक…