विदेशमा अलपत्रको उद्धार गर्ने तयारी, क्वारेन्टाइनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने

काठमाडौँ ।  विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टाइन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताउनुभयो ।उहाँका अनुसार हाल काठमाडौँ उपत्यकामा ५१८ श्यया तयारी अवस्थामा छन् । देशभर भने करीब ६५ हजार…