दुई वर्षदेखि बिर्तामोडमा लागुऔषधको व्यापार गर्ने पक्राउ, निगरानीमा व्यापारी र प्रयोगकर्ता

बिर्तामोड । दुई वर्षदेखि लागुऔषधको व्यापार गर्ने एक युवालाई इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडबाट पक्राउ गर्न सफल भएको छ । झापामा लागुऔषधको कारोवार र प्रयोगकर्ता बढ्दै गरेको तथ्याङकका आधारमा व्यापारी खोजी गरिरहेको प्रहरीले ठुलो परिमाण सहित बिर्तामोड –२ सगरमाथा टोलका रुफस राईलाई पक्राउ गरेको हो । उनको साथबाट तिन किसिमको ६ सय एम्पुल लागुऔषध बरामत…