बिर्तामोड । उपचारको क्रममा एक महिलाको मृत्यू भएपछि बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा तनाव भएको छ । अस्पतालमा क्षति हुन नदिन प्रहरीले कडा सुरक्षा दिएको छ । कनकाई नगरपालिका –७ कालिमुडाकी ५१ वर्षीया फुलमाया तामाङको उपचारको क्रममा आज दिउँसो मृत्यू भएको थियो । मृगौलामा समस्या भएर उपचारमा आएकी तामाङको इन्डोस्कपी गर्ने क्रममा मृत्यू भएको पीडित पक्षले…