मनमोहनको तनाव साम्य : शिशुको नाममा ५ लाखको अक्षयकोष स्थापना गरिदिने सहमति

बिर्तामोड । मनमोहन सामुदायिक अस्पताल बिर्तामोडमा भएको तनाव साम्य भएको छ । उपचारको क्रममा पाँच महिने शिशुको मृत्यु भएपछि भएको तनाव पीडित परिवार र अस्पताल प्रशासनबिचको बैठक पछि साम्य भएको हो । दुबै पक्ष बिचको बैठकले शिशुको नाममा अक्षयकोष स्थापना गर्न अस्पतालले ५ लाख उपलब्ध गराउने भएपछि सहमति भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ…