बिर्तामोड । झापाको हल्दिवारी–१ गोल्धापमा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्पताल भवनको शिलान्यास गरेकी हुन् । गोलधाप स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नतिका लागि नयाँ भवन निर्माण गरिने हल्दिवारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनले १८ करोड लागतमा अस्पतालको भवन निर्माण गरिने…