अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारसको घोषणा

काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले मङ्गलवार सामाजिक सञ्जालमार्फत भनेका छन्,‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु, नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।’ उनले सन् २००२ देखि नेपाली राष्ट्रिय टिमबाट खेलेका…