खेल

साफ यु–१९ को उपाधि बंगलादेशलाई

साफ यु–१९ को उपाधि बंगलादेशलाई


काठमाडौं, ७ पुस – आयोजक बंगलादेशले लगातार दोस्रो पटक यु–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ । 

ढाकामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गर्दे घरेलु भूमिमा उपाधि जितेको हो । 

यसअघि भुटानमा भएको यु–१८ साफमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो । त्यसपछिको संस्करण कोरोना भाइरसका कारण हुन नसकेपछि साफले यु–१९ साफ प्रतियोगिता गरेको हो ।  बंगलोदशको जितमा मोगिनीले ८० औं मिनेटमा निर्णायक गोल गरिन् । खेलमा दुबै टोलीले केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा ५ टोलीको सहभागीता रहेको थियो । 

बंगलादेश विजेता हुँदा भारत उपविजेतामा सिमित रह्यो । यता, नेपाल तेस्रो स्थानमा रहँदा भुटान चौथो रह्यो भने श्रीलंका पुछारमा रह्यो । 

शेयर गर्नुहोस :

0
Shares