लैंगिक हिंसा उन्मूलनको सबैभन्दा प्रभावकारी उपाय महिला सशक्तिकरण – उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले महिला सशक्तिकरण नै लैंगिक हिंसा उन्मूलनको सबैभन्दा प्रभावकारी उपाय भएको धारणा राख्नुभएको छ। राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले आर्थिक, शैक्षिक, राजनीतिक तथा प्राविधिक क्षेत्रमा महिलाको समान पहुँचलाई सुनिश्चिता गरेपछि मात्रै लैंगिक हिंसा अन्त्य हुने धारणा राख्नुभएको हो। ‘आर्थिक, शैक्षिक, राजनीतिक तथा प्राविधिक…