१ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

विराटनगर । विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।…