भद्रपुर । महान्यायाधिवक्ता अग्नि खरेलले झापाका जनप्रतिनिधिलाई मान्छे पक्राउ परेपछि छुटाउन भन्दा सत्यतथ्य थाहा पाउनतर्फ लाग्न आग्रह गर्नु भएको छ । झापा जिल्ला सरकारी वकिलको कार्यालय उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले दोषी छुटाउने पक्षमा नलाग्न आग्रह गर्नु भएको हो । ‘कानुनभन्दामाथि कोही छैन, सबैभन्दा माथि कानुछ’ उहाँले भन्नुभयो, ‘ठुला पनि कानुनको फन्दामा छन्, पछिल्लो समयलाई हेरे…