आजदेखि कांग्रेसको वडा अधिवेशन

काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरू भएको छ । अधिवेशनको अघिल्लो दिनसम्म पनि क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्दा २१ जिल्लाको वडा अधिवेशन भने अनिश्चित बनेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार आज शुक्रबार क्रियाशील सदस्यको सूची प्राप्त ५६ जिल्लाका वडामा मात्र…