काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटावार्ता सुरू भएको छ । उहाँहरूबीच २० मिनेट अघिदेखि नागपोखरीस्थित होटल मारियटमा भेटवार्ता सुरू भएको हो । भेटवार्तामा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल भइरहेको बुझिएको छ ।