प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं /स्वास्थ्य लाभ गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । उहा केही समय अगाडी थाइ एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत मन्त्रीहरुले विमानस्थलमा स्वागत गर्नुभएको थियो । विमानस्थलमा स्वागतका लागि उभिएका नेता कार्यकर्तालाई पनि उहाले मुस्कुराउदै अभिवादन गर्नुभयो ।…