अर्जुन पोख्रेल काठमाण्डौ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हाल्नु भएको छ । बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएसँगै उहाँले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्नु भएको हो । कार्यकक्षमै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भट्टराईले आफू काम लगाउनभन्दा पनि सिक्न आएको बताउनुभयो…