महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर, २९ भदौः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ । महामन्त्री पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई पार्टीको साङ्गठनिक तथा राजनीतिक जीवनको महत्त्वपूर्ण अवसरका रूपमा लिँदै सबै तहका अधिवेशनमा उत्साहजनक सहभागिता जनाउन आह्वान…