काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारी स्वदेश फर्किएकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर पूर्वराष्ट्रपति समेत रहेकी भण्डारी आज स्वदेश फर्किएकी हुन् ।
परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण मुख्य विषय रहेको उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना गरिएको थियो। उक्त सम्मेलनमा सहभागी हुन भण्डारी बिहीबार चीन गएकी थिइन्।
भण्डारीको स्वागतमा एमाले नेताहरू छविलाल विश्वकर्मा, डा. भीष्म अधिकारी, कर्ण थापालगायत नेताहरू विमानस्थल पुगेका थिए ।








प्रतिक्रिया