पशुपतिनाथको जलहरीमा विषयमा ओलीलाई जोड्न मिल्दैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा दाहालले पशुपतिनाथको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको भन्दै यसमा सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नभएको प्रष्टीकरण दिए ।…