बिर्तामोडमा सुकुम्बासीहरुको घर भत्काएर विजोग बनाउने काम गर्दैनौं : उपप्रमुख संग्रौला

बिर्तामोड । बालेन सरकारले काठमाडौंमा सुकुम्बासीहरुको विचल्ली बनाएपछि देशभरका सुकुम्वासीहरु त्रसित छन् । सुकुम्बासीहरुको घर कुन बेला भत्केला भन्ने त्रास भइरहेको समयमा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उनीहरुलाई त्रसित नहुन आश्वासन दिनुभएको छ । गत असार २८ गते बिर्तामोड नगरपालिकाको नगरसभा समापनका क्रममा बोल्दै संग्रौलाले कुनै पनि सुकुम्बासीको घर नभत्काउने जानकारी दिनुभयो ।…