मुख्य समाचार

मुक्का प्रहार गरेर श्रीमतीको हत्या

मुक्का प्रहार गरेर श्रीमतीको हत्या


बिर्तामोड । झापामा मुक्का प्रहार गरे श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आइतबार साँझ मेचीनगर–४ का ३४ वर्षीय पर्वत राईले श्रीमती संगीता राई (२७)को हत्या गरेका हुन् ।

 घरायसी विवादमा मुक्का प्रहार गर्दा संगीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

श्रीमतीको हत्या गर्ने पर्वतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares