काठमाडौं । गत बिहीबारदेखि अवरुद्ध बनेका नेपालका सरकारी वेबसाइटहरू क्रमशः सञ्चालनमा आउन थालेका छन् ।
‘पीएचपी’मा देखिएको सुरक्षा कमजोरीका कारण अवरुद्ध बनेका नेपालका सरकारी वेबसाइटहरू पुनः सञ्चालनमा आउन थालेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार, ‘पीएचपी२सेल’ सुरक्षा जोखिम सम्बन्धी सुरक्षा प्याचिङ, परीक्षण र प्रमाणीकरणको काम पूरा भएसँगै सेवाहरू सुचारु भएका हुन् ।
हाल एक हजारभन्दा बढी डोमेन पुनर्स्थापना गरिएका छन् भने ती सामान्यरुपमा सञ्चालन भइरहेका छन् । अहिले अर्थ मन्त्रालयलेदेखि सञ्चार तथा सूचना मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका वेबसाइट तथा अनलाइन सेवाहरू सञ्चालनमा आइसकेका छन् ।
सञ्चालनमा आउन बाँकी रहेका सेवाहरूलाई पनि छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउन कर्मचारीहरूले तीव्र रूपमा काम गरिरहेको केन्द्रले जनाएको छ ।








प्रतिक्रिया