मुख्य समाचार

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौँ, ७ कात्तिकः व्यवस्थित बनाइएको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान ड्रोन भ्यूमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि तयार पारिएको मैदान र व्यवस्थित प्यारापिट । प्रतियोगिता यही कात्तिक ९ गतेदेखि सुरु हुँदैछ । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन गर्ने भएका छन् ।

प्रतियोगिताको पहिलो खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदैछ । डिसहोमका ग्राहकले एनपिएलका खेलहरू हेर्न थप शुल्क तिर्नु नपर्ने भएको छ । डिसहोमका अनुसार ग्राहकहरूले एचडी गुणस्तरमा थप शुल्कबिना प्रतियोगिताका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न पाउने छन् ।

डिसहोमका सक्रिय ग्राहकहरूले हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सिलेक्ट १ तथा स्टार स्पोर्ट्स सिलेक्ट २ च्यानलमार्फत प्रतियोगिताका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्ने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

यस सुविधाले ग्राहकहरूलाई घरमै बसेर नेपाली क्रिकेटको रोमाञ्चकता र प्रतिस्पर्धाको आनन्द लिन सहज बनाउने कम्पनीको अपेक्षा छ । यो सुविधा उपयोग गर्न ग्राहकको डिसहोम डिटिएच वा आईपीटिभी सदस्यता सक्रिय रहेको हुनुपर्नेछ ।

सदस्यताको अवधि समाप्त भएका ग्राहकहरूले खल्ती वा इसेवामार्फत आफ्नो सदस्यता नवीकरण गरी खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । एकै दिन दुई खेल आयोजना हुने दिनमा खेलहरू दिउँसो १२:३० बजे र साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछन् ।

शेयर गर्नुहोस :

0
Shares