आर्थिक

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं, ९ कात्तिक । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । केही दिनदेखि ओरालो लागेको सुनचाँदीको भाउ दसैंपछि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन प्रतितोला ११ हजारले घटेर दुई लाख ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर तीन हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares