Banner news

झापाका ३० सहित थप १४४२ जनामा कोरोना संक्रमण

झापाका ३० सहित थप १४४२ जनामा कोरोना संक्रमण


झापा । झापाका ३० जनासहित पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख  १२ हजार ९१७  पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।

आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्। आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण भएको छ।

शेयर गर्नुहोस :

0
Shares