बिर्तामोड । कोभिड–१९ ले प्रभावित पर्यटकीय क्षेत्र विस्तारै लयमा फर्किन थालेका छन् । झापाका पर्यटकीय गन्तब्यहरुमा आन्तरिक पर्यटकहरु घुमफिरका लागि पुग्न थालेका छन् ।
जिल्लाका एक दर्जन बढि पर्यटकीय गन्तब्यहरु कोभिडका कारण पूर्ण रुपमा बन्द भएका थिए । पर्यटकीय क्षेत्र खुलाउने सरकारको तयारी बमोजिम झापाको जामुनखाडी, दोमुखा, सेल्फी डाँडा, सताक्षीधाम लगायतका पर्यटकीय स्थलहरुमा चहलपहल शुरु भएको छ ।

कनकाई नगरपालिकामा रहेको जामुनखाडीमा दैनिक १ सय देखि १ सय ५० जना सम्म घुमफिरमा आउने गरेको कर्मचारीहरुले जानकारी दिए । कोभिड–१९ का कारण ६ महिनासम्म बन्द भएको जामुनखाडी सिमसार दुई महिनादेखि खुला गरिएको छ । कर्मचारीहरुका अनुसार कोभिड अगाडि दैनिक ५ देखि ६ सय आन्तरिक पर्यटक आउने गरेका थिए । अहिले संख्या घटेको सिमसार व्यवस्थापन समितिले जनाएको छ । उनीहरुले विस्तारै संख्या बढ्दै जाने विश्वास गरेका छन् ।







प्रतिक्रिया