Banner news

पाउँपाथिभरामा वृद्धाको शव भेटियो : बलात्कारपछि हत्या गर्नेले आफै दिए प्रहरीलाई सूचना

पाउँपाथिभरामा वृद्धाको शव भेटियो : बलात्कारपछि हत्या गर्नेले आफै दिए प्रहरीलाई सूचना


बिर्तामोड । झापामा बलात्कार पछि हत्या भएको अवस्थामा वृद्धाको शव फेला परेको छ । पाउँपाथिभरा मन्दिर नजिकैं राजमार्गको कल्भर्टमुनि ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिए ।

अर्जुनधारा–११ की ७० वर्षीया माइना हस्दाको शव भेटिएको झापा प्रहरीले जनाएको छ । घटनास्थल पुगेका प्रहरीले हत्या भएको अनुमान गरेका छन् । वृद्धाको शब राजमार्गको कल्भर्ट मुनि आज विहान फेला परेको हो ।

प्रहरीले अभियुक्त भद्रपुर–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिसकेको छ । अभियुक्त आफैले वृद्धाको शब भेटिएको खबर प्रहरीलाई दिएका थिए ।
बिर्जाले बुधवार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीका जिल्ला प्रवक्ता राकेश थापाले बताए ।

शेयर गर्नुहोस :

0
Shares