Banner news

झापामा शतबीज छर्नेको घुइँचो

झापामा शतबीज छर्नेको घुइँचो


झापा – मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकीदेखि दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व झापाको सताक्षीधाममा धुमधामका साथ मनाइएको छ।

बाला चतुर्दशीमा लाखौँ भक्तजन सताक्षीधाममा आएर शतबीज छर्ने परम्परा यसवर्ष पनि कायमै रह्यो। कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न स्थानीय प्रशासनले रोक लगाए पनि आइतबार बिहानैदेखि सर्वसाधारण तीर्थयात्रीको बाक्लो उपस्थिति थियो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सताक्षीधामका विभिन्न ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शतबीज भनिए पनि सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै दिवङ्गत पितृ स्मरण गर्दै छर्ने गरिएको छ । सताक्षीधाममा झापा सहित मोरङ सुनसरी इलाम लगायतका सर्वसाधारण तीर्थयात्री शतबीज छर्न आएका थिए ।

सताक्षीधाम मन्दिर विकास समितिका सचिव उदय प्रकाश राईका अनुसार सर्वसाधारण तीर्थयात्रीको सुविधाका लागि ठाउँठाउँमा हात धुने पानी, साबुन, सेनिटाइजर र मास्क नलगाएकालाई निःशुल्क मास्क प्रदान गरिएको छ।

कोरोनाका कारण बालाचतुर्दशी धार्मिक मेला आयोजना नभए पनि हिजो साँझ महादीप दान गर्ने र आज बिहान शतबीज छर्नेको धाममा घुइँचो रहेको धाम विकास समितिका सचिव राईले सेतोपाटीलाई जानकारी दिए।

शेयर गर्नुहोस :

0
Shares