Banner news

हुण्डाईले समस्या सुनेन : क्रेटा खरिदकर्ता

हुण्डाईले समस्या सुनेन : क्रेटा खरिदकर्ता


बिर्तामोड । हुण्डाई कम्पनीको क्रेटा गाडि खरिद गर्नेहरुले पत्रकार सम्मेलन गर्दै आफ्ना गुनासो राखेका छन् । कम्पनीले गाडि खरिदकर्ताको समस्या सुनुवाई नगरे पछि पत्रकार सम्मेलन गर्नु परेको जानकारी दिए ।

बिर्तामोडका फडिन्द्र तिम्सिनाले डेढ वर्षदेखि गाडिमा देखिएको समस्या कम्पनीलाई समाधान गरिदिन भन्दा वेवास्था गरेको जानकारी दिए । उनले ३ वर्ष अघि बिर्तामोडमै हुण्डाईको क्रेटा खरिद गरेका थिए । गाडिमा खिया लाग्ने, रंङ उढन्े र भित्री भागमा पानी छिर्ने समस्या रहेको बताए । गाडि किनेको ३ वर्षमै यत्तिका समस्या देखिनु सान्दर्भिक नभएको उनको भनाई छ । तिम्सिनाले पुरानो गाडिलाई मर्मत गरेर कम्पनीले ग्राहकसम्म ल्याएको आरोप लगाए । उनले जिल्लामा हुण्डाईबाट धेरै जना पीडित भएको बताएका छन् । हुण्डाई कम्पनीको विर्तामोड शाखामा गएर आफ्ना समस्या राख्दा उल्टै ठुला कुरा गर्ने गरेको जिकिर गरे । तिम्सिनाले भने, ‘ समस्या राख्दा जे गर्न सक्छौं गर भन्छन् ।’

यस्तै अर्का पीडित अशोक चौधरीले पनि गाडिमा समस्या देखिएको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले ०७६ बैशाखमा किनेको गाडिमा सोहि प्रकारको समस्या देखिएको थियो । चौधरीले भने, समस्याहरु हुन सक्छन् । तर, ५० लाखमा खरिद गरिएको नयाँ गाडिमा यस्ता समस्या देखिनु बेठिक हो । उनीहरुले गाडि खरिदमा सचेत हुन सबैलाई आग्रह समेत गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares