Banner news

झापामा कोरोनाबाट १२७ को मृत्यु

झापामा कोरोनाबाट १२७ को मृत्यु


बिर्तामोड । कोरोना भाइरस संक्रमणले झापामा थप २ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेहरुमा बिर्तामोड–४ का ८१ वर्षीय पुरुष र गौरादह –५ निवासी ५५ वर्षीया महिला छन् । योसँगै झापामा कोरोनाका कारण मृत्यु हुनेका संख्या १२७ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज झापामा थप १२ जना संक्रमित थपिएका छन् । ८ महिला र ४ जना पुरुषमा कोरोना पुष्टि भएको हो । झापामा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ३ पुगेको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares