Banner news

अब बिर्तामोडका होटल राती ९ बजेसम्म खोल्न पाइने

अब बिर्तामोडका होटल राती ९ बजेसम्म खोल्न पाइने


बिर्तामोड । बिर्तामोड क्षेत्रका होटल अब राती ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । कोरोना महामारीका कारण होटल व्यवसायीलाई राती ८ बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन गरिएको थियो ।

कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापन समितिले शुक्रवारबाटै लागु हुने गरी ९ बजेसम्म होटल खुल्ला गर्न पाइने जनाएको छ । समितिको आज सम्पन्न बैठकले सो निर्णय गरेको हो । तर, व्यवसायीले ८ बजेसम्म भने पनि अवेरसम्म व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

शेयर गर्नुहोस :

0
Shares