बिर्तामोड

फरार तीन प्रतिवादी पक्राउ, पीसीआरपछि कारागार पठाइने

फरार तीन प्रतिवादी पक्राउ, पीसीआरपछि कारागार पठाइने

?????????????????????????????????????????????????????????

बिर्तामोड । चोरी मुद्दामा फरार रहेका मेचीनगर–१० का २८ वर्षीय श्याम ठाकुर पक्राउ गरेका छन् । उनलाई चोरी मुद्दामा झापा जिल्ला अदालत भद्रपुरले ०७६ माघ २४ गते पाँच हजार जरिवाना र ६ महिना कैदको फैसला सुनाएको थियो ।

सोहि समयदेखि फरार रहेका ठाकुरलाई प्रहरीले पुस २ गते घरबाटै पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । जरिवाना र २४ दिन दिन कैद भुक्तान गरेका ठाकुरलाई पाँच महिना ६ दिन बाँकी कैद भुक्तानका लागि कारगार पठाउन अदालतले आदेश दिएको छ । उनको पीसीआर रिपोट नेगेटिभ आएपछि कारागार पठाउन जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

यस्तै, सवारी ज्यान मुद्धाका फरार मेचीनगर –१ क बिसुन दनुवारलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । उनलाई झापा जिल्ला अदालतले ०६९ मा २ हजार जरिवाना र २ महिना कैद हुने फैसला सुनाएको थियो । धरौटीबाट जरिवाना असुल गरिएको छ भने १ महिना ८ दिन कैद भुक्तानका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । दनुवारलाई पनि पीसीआर रिपोट नेगेटिभ आएपछि कारागार पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्का मेचीनगर –१० का विष्णु प्रसाद राजवंशी पक्राउ परेका छन् । ०७६ मा उनलाई झापा जिल्ला अदालतले ६ महिना कैद र ५ हजार जरिवाना सुनाएको थियो । फरार रहेका राजवंशीलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो । राजवंशीलाई पनि अन्य प्रतिवादी जस्तै रिपोट नेगेटिभ आएपछि कारागार चलान गरिने प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares