बिर्तामोड । झापाको बिर्तामोड –२ स्थित चैतुबारीमा एक महिलाको शव फेला परेको छ । स्थानीय दुर्वल राजवंशीकी श्रीमती अन्दाजी ४२ बर्षीया विनोसरी राजवंशीको शव आज विहान खेतमा फेला परेको बिर्तामोड प्रहरीले जनाएको छ ।

अनुहारमा चोट पटक लागेको र कपडाहरु च्यातिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाई छ । राती श्रीमानलाई खाना पुर्याउन हिडेकी राजवंशी नपुगेपछि रातभर खोजी गरिएको थियो । खोजविनको क्रममा विहान शव फेला परेको स्थानीयले जानकारी दिए ।
बलात्कारपछि हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । महिलाले प्रयोग गर्दै आएको सलले घाँटी समेत बाँधिएको स्थानीयबासीले जानकारी दिएका छन् । बिर्तामोडका डिएसपी मुकुन्द रिजालले थप अनुसन्धानका लागि धरानबाट कुकुर मगाइएको जानकारी दिए । सो क्षेत्रमा तीन वटा उधोगसमेत सञ्चालित छन् । उनको श्रीमान कुखुरा फर्ममा काम गर्दै आएका छन् ।







प्रतिक्रिया