Banner news

मध्यावधि निर्वाचन बैशाख १५ मा

मध्यावधि निर्वाचन बैशाख १५ मा


मुद्दा हाल्न सर्वोच्च पुगे नेपाल र प्रचण्ड समूह

बिर्तामोड । संसद् विघटनसँगै मध्यावधि निर्वाचनको मिति घोषणाका बारेमा चर्चा शुरु भएको छ । विश्वस्त स्रोतका अनुसार बैशाख १५ मा निर्वाचन गर्ने गरी तयारी भएको छ । राष्ट्रपतिले मन्त्रीपरिषद्को सिफारिस गरेपछि निर्वाचनको मिति घोषणा हुने बताइएको छ ।

यता,मन्त्रीपरिषद्ले संसद् विघटनका लागि सिफारिस गरेपछि माधव नेपाल र प्रचण्ड समूह मुद्दा हाल्न सवोच्च पुगेका छन् । राष्ट्रपतिले मन्त्रीपरिषद्को सिफारिसलाई सदर गर्नासाथ मुद्दा दर्ता गर्ने तयारी भएको छ । संसद् विघटन भएमा नेपाल र प्रचण्ड समूहका मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरेका छन् ।
सिफारिस राष्ट्रपति कार्यालय पठाइए पनि प्रधानमन्त्री नगएको सचिवालयले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares