बिर्तामोड । राप्रपाका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्देन अस्पतालबाट डिस्चार्ज भएका छन् ।
ललितपुरको मेडिसिटी अस्पतालमा करिब ११ दिनको उपचारपछि उनी आइतबार डिस्चार्ज भएका हुन् । निमोनियाका कारण सिकिस्त भएपछि उनलाई झापाबाट नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । उनले आफूले उपचार गराएका झापा र काठमाडौंका अस्पतालहरूलाई धन्यवाद दिएका छन् ।
लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिनको अस्पताल बसाइपछि आज घर फर्केको छु । मेरो स्वास्थ्य उपचारमा संलग्न कञ्चनजंघा अस्पताल, विएण्डसी र विशेषगरी मेडिसिटी अस्पतालप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य अवस्थाबारे असाध्यै चिन्ता, चासो र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा कृतज्ञता व्यक्त गर्दछु ।’







प्रतिक्रिया