मुख्य समाचार

ताजपुरियालाई २० वर्ष कारागारमा राख्न आदेश

ताजपुरियालाई २० वर्ष कारागारमा राख्न आदेश


बिर्तामोड । कर्तव्यज्यान मुद्दामा फरार रहेका शिवसताक्षी –२ का धरमपुरका २८ वर्षीय डम्बर ताजपुरिया पक्राउ परेका छन् । ज्यान मुद्दामा उनलाई झापा जिल्ला अदालतले २० वर्ष कैद सुनाएको थियो ।

सोहि फैसलापछि फरार रहेका ताजपुरियलाई झापा प्रहरीले आइतवार घरबाटै पक्राउ गरेको छ । उनलाई आजै जिल्ला अदालतमा उपस्थित गराई फैसला कार्यान्वयन गर्न कारागार चलान गर्ने आदेश भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पीसीआर परीक्षणको नतिजा आएपछि कारागार चलान गरिनेछ ।

शेयर गर्नुहोस :

0
Shares