बिर्तामोड । बिर्तामोडको कृषिथोक नजिकै रहेको बुधबारे बजारमा बनाइएका अस्थायी संरचना हटाउन बिर्तामोड नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिकाको मंसिर २८ गते सम्पन्न कार्यपालिका बैठकले अस्थायी रुपमा निर्माण गरिएका संरचना हटाई खाली गरिदिन निर्णय गरेको छ । १ महिनाभित्र सो क्षेत्रमा रहेका टहरा, फुटपात पसल र अस्थायी संरचना हटाउन नगरले आग्रह गरेको हो ।
कृषिथोक पूर्वोत्तर क्षेत्रमा टहरा, फुटपात पसलमा जाँडरक्सी व्यवसाय , मासु विक्री गरिदैं आएको छ । नगरपालिकाको स्वामित्वमा रहेको बुधबारे बजार व्यवसाय गर्न खुल्ला गरिए पनि संरचना निर्माण गरेर बस्न दिइएको थिएन । आफुखुशी संरचना बनाएर बस्नेहरु सबैलाई ठाउँ गरिदिन कार्यपालिकाले आग्रह गरेको छ ।
सो क्षेत्र खाली गराई नगरपालिकाले व्यवस्थित बजार बनाउने तयारी गरेको छ ।








प्रतिक्रिया