बिर्तामोड

नेकपाको केन्द्रीय सदस्यमा झापाबाट को–को ?

नेकपाको केन्द्रीय सदस्यमा झापाबाट को–को ?


बिर्तामोड । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा झापाबाट १७ जना केन्द्रीय सदस्य थप भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको कमिटीमा झापाबाट १७ जना केन्द्रीय सदस्य थपिएको स्रोतले जनाएको छ ।

थपिएक केन्द्रीय सदस्यमा हरिचरण बानियाँ, गोपालचन्द्र बुढाथोकी, मनकुमार गौतम, हरिचरण शिवाकोटी, चिन्तन पाठक, विमला विके, जसमाया गजमेर, एकराज कार्की, टीकादेबी बस्नेत घिमिरे, एलपी साँवा लिम्वु, हिरा थापा, अर्जुन राई, मेनुका काफ्ले, दिपक कार्की, सुमित्रा भण्डारी, रोमनाथ ओली र विश्व बराल रहनु भएको छ ।

शेयर गर्नुहोस :

0
Shares