बिर्तामोड

बेलायतबाट नेपाल आउन प्रतिबन्ध

बेलायतबाट नेपाल आउन प्रतिबन्ध


काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। मंगलबार अपराह्न बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

यस्तै निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ। पुस १ गतेयता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्यारेन्टिन बसी जाँच गरेपछि मात्र घर तथा गन्तव्य जान पनि अनुरोध गरेको छ।

यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले पनि अनिवार्य रुपमा १० दिन क्वारेन्टिन बसी परीक्षण गरेर मात्र गन्तव्यमा जान सरकारले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares